नियम ११८
पुनरावेदनको कार्यविधि
: (१) नियम ११६ र ११७ अन्तर्गत दिइएको आदेशमा चित्त नबुझी पुनरावेदन गर्ने प्रहरी कर्मचारीले जुन कार्यालयबाट कारबाहीको आदेश गरिएको हो सोही कार्यालय मार्पmत वा सोझै पुनरावेदन सुन्ने अधिकारीलाई संवोधन गरी पुनरावेदन दिन सक्नेछ ।
(२) पुनरावेदन गर्ने व्यक्तिले पुनरावेदनमा आफ्नो सफाइको निमित्त जो भएको प्रमाण राखिएको र शिष्ट भाषामा लेखिएको हुनु पर्नेछ । पुनरावेदनका साथमा जुन आदेशको विरुद्ध पुनरावेदन गरिएको हो सो आदेशको नक्कल पनि राख्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम पुनरावेदन दिँदा आदेशको सूचना पाएको मितिले  पैतीस दिनभित्र दिनु पर्नेछ ।
(४) विभागीय सजायको आदेश सम्बन्धमा पुनरावेदन सुन्ने अधिकारीले गरेको निर्णय अन्तिम हुनेछ ।